वाम एकताको प्रक्रियामा आज प्रमुख तीनदलको बैठक बस्दै



सैघाली खबर
काठमाडौं,१८ असोज


चुनावी तालमेल र पार्टी एकताको निर्णय गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको बैठक आज बस्दैछ । एकता प्रक्रिया र तालमेलको रणनीति, घोषणापत्र बनाउन बनेको कार्यदलले आज थप रणनीतिक छलफल गर्नेछ ।

कार्यदलमा एमालेबाट ४, माओवादी केन्द्रबाट तीन र नयाँशक्तिबाट एक जना राखिएको छ । त्यसको संयोजन एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहनुहुनेछ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेलसहित पार्टी एकता गर्ने हिजो औपचारिक घोषणा गरिएको छ ।

चुनाव अघि नै पार्टी एक हुने र त्यो सम्भव नभए माओवादी केन्द्रपनि सूर्य चिन्हबाटै आगामी चुनावमा लड्ने सहमति भने अन्तिम समयमा विग्रीएको थियो । त्यसलाई दलहरुले प्राविधिक र कानुनी अप्ठ्यारासँग जोडेका थिए । प्रदेश र प्रतिनिधि सभाको चुनावका निम्ति सहकार्यमा आउने अरु दललाई सहमतिमा भागबण्डा गरेर बाँकी रहेको सिटमा एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत तालमेलमा बाड्नेगरि सहमति गरेका छन् । पार्टी एकीकरण गर्नुभन्दा अघि आआफ्ना वैचारिक धारणा राख्न छुट भए पनि एक अर्काप्रति सार्वजनिकरुपमा नकारात्मक टिप्पणी र आलोचना गर्न नपाइने पनि सहमति गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्