मुख्य समाचार

निर्वाचनका लागि खटिने जनशक्तिका लागि अभिमुखीकरण सुरु

By थाहा अनलाइन

October 04, 2017

सैघाली खबर काठमाडौं,१८ असोज

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिने जनशक्तिका लागि अभिमुखीकरण सुरु गरेको छ । अभिमुखीकरण कार्यक्रममा जनक शिक्षा सामग्री केन्द्र, मुद्रण विभाग, निर्वाचन आयोग तथा अन्य सरकारी कार्यालयका कर्मचारी गरी २८ जनाको सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले त्रुटिरहित तरिकाबाट आ–आफ्नो जिम्मेवारी पूरा गर्न सहभागीहरूलाई निर्देशन दिनुभयो । प्रमुख आयुक्त यादवले समानुपातिकतर्फको मतपत्र छपाइ कार्य शुरु भएको जानकारी दिंदै आगामी निर्वाचनलाई उत्कृष्ट तरिकाले सम्पन्न गर्ने गरी तोकिएको जिम्मेवारी बहन गर्न पनि निर्देशन दिनुभयो ।