अन्तर्राष्ट्रिय

रसियाली सेनाको हवाई आक्रमणमा परी सिरियामा ३ सय भन्दा बढीको मृत्यु

By थाहा अनलाइन

October 04, 2017

सैघाली खबर काठमाडौं,१८ असोज

रसियाली सेनाको हवाई आक्रमणमा परी सिरियामा ३०४ जना मारिएका छन् ।सिरियाली सेनालाई सघाइरहेको रुसी सेनाको हवाई आक्रमणमा यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका ३०४ विद्रोही दुई दिनमा मारिएको दावी रसियाली रक्षा मन्त्रालयले गरेको हो ।मारिनेमा सात जना आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेको दावी रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभको छ ।आक्रमणमा अरु १७० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका आश्रयस्थल, थुप्रै बन्दोबस्तीका सामान तथा हतियार पनि नष्ट भएको दावी गरिएको छ ।