टेकबहादुर पुन, देउखुरी । दाङ्गको देउखुरीमा विदेशबाट फर्किएका युवा व्यावसायिक बाख्रा पालनतर्फ आकर्षित भएका छन् । घरखर्च, व्यवहार चलाउन र छोराछोरी पढाउन विदेशिएका युवा स्वदेश फर्किएर बाख्रा पालनमा लागेका हुन् ।
उनीहरूले बाख्रा पालनलाई वैदेशिक रोजगारीको विकल्प बनाउन थालेका छन् । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा समेत सोचेजस्तो सफलता हात नपरेका र राम्रै कमाइ गरेका हरूका लागि समेत बाख्रा पालन आकर्षण बनेको छ । रोजगारीका लागि ३ वर्ष साउदी अरबमा काम गरेर २०७१ सालमा घर फर्किएका लमही नगरपालिका– ९ रिहारका मानसिँह वलिले ब्याबसायिक बाख्रा पालन गर्न थालेको करिब ५ बर्ष भयो ।
बिदेश बाट फर्किए लगत्तै ३ वटा बाख्रा बाट ब्यबसाय शुरु गरेका वलीको ५ जनाको परिवार अहिले बाख्रामै निर्भर छ । त्यही ३ वटा बाख्रापनि पछि फर्काउने गरि स्थानिय सहकारीले उपलब्ध गराएपछि वलि बाख्रापालन तर्फ अाकर्षित भएका हुन् । अहिले उनी सँग परम्परागत लोकल जातका बाख्रा मात्र ५१ वटा छन् । बाख्राबाटै बार्षिक २ लाख रुपैया अाम्दानी गरेको वलि बताउँछन् ।
अरुलाई व्यावसायिक कृषीप्रति आकर्षित गराउने उद्देश्यले कृषि व्यवसाय अँगालेको वलिले बताए । वलि जस्तै ६ वर्ष साउदीमा काम गरेर फर्किएका लमही– ७ कप्तान गञ्जका लिलाराम केसीले पनि ब्याबसायिक बाख्रा पालन गर्न थालेको ६ बर्ष पुग्यो । बाख्राबाटै बर्सेनी १ लाख ५० हजार रुपैयाँ भन्दा बढि अाम्दानी हुने गरेको केसीले सुनाए । अहिले उनको ४५ वटा बाख्रा छन् ।
खसी, बोका र बाख्रा बिक्रि गरेर मात्र होईन, तिनिहरुको अतिरिक्त मल बेचेर पनि ३० हजार भन्दा बढी आम्दानी हुने गरेको कृषकहरूको भनाइ छ । साबिक सतबरियामा प्रायले थोरै भएपनि बाख्रा पालन गरेको देख्न सकिन्छ । वर्षमा ३/४ लाख कमाउन विदेशमा गएर दुःख गर्न नपर्ने प्राय कृषकको अनुभव छ । ५० भन्दा बढि माउ बाख्रा पालन गर्न सके सबै कृषकको जीवनस्तर सुधार हुने कृषकहरु अनुभब सुनाउँछन् ।
अनुकूल भूगोल, सजिलो, कम लगानीमा छिटो आम्दानी लिन सकिने भएकाले पनि बाख्रा पालन व्यवसाय धेरै कृषकको रोजाइमा परेको छ । कतिपयले विदेशको अनुभवले बाख्रा पालन गरेका छन् भने कोही कृषकले आफैं सिकेर व्यवसायमा होमिएका छन् । बाख्राहरु बिक्रि बितरणका लागि बजार धाउन नपर्ने र अाफैले निर्धारण गरेको मूल्य पाउने भएकाले पनि बाख्रा पालन तर्फ कृषक अाकर्षित भएको पशु बिज्ञहरु बताउछन् ।
सतबरियामा उत्पादन भएका बाख्राहरु दाङ्ग सहित पोखरा, काठमाण्डौ सम्म बिक्रि बितरण हुने गरेको अर्की किसान दुर्गा घर्तिले बताईन । व्यापारी हरु बाख्रा खोज्दै घरै सम्म अाउँछन्, कहाँ लगेर बेचौला भन्ने चिन्तै हुदैन घर्तिले भनिन् । असोज शुरु भए सँगै महँगो रेटमा लान्छु भन्दै ब्यापारीको तछाड मछाड हुने गरेको कृषक हरु बताउँछन् । असोजदेखी बैशाख सम्ममा निरन्तर बाख्रा बिक्रि हुने र जति उत्पादन भएपनि सधै कम पर्ने कृषक हरुको बुझाई छ ।
बाख्रापालन कृषकका लागि बजेट बिनियोजन ।
लमही नगरपालिका वडा नम्बर ७,८ र ९ (साबिक सतबरिया गाबिस) मा मात्र ४० भन्दा बढि ब्याबसायिक बाख्रा पालन गर्ने कृषकको सँख्या २ सय ५० रहेको लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जसमध्य साबिक सतबरियाका अमिलिया, हर्दवा, रिहार, शिबखोला, बाँगेताल, जहरे, गणेशपुर, उच्चानिम्बु, कप्तानगञ्ज, बनघुस्री, हसनापुर लगायतका स्थानियले ब्याबसायिक बाख्रापालन गर्दै अाईरहेका छन् ।
बाख्राको पकेट क्षत्रको रुपमा रहेको साबिक सतबरियाका कृषक हरुका लागि लमही नगरपालिकाले प्रत्यक अार्थिक बर्षमा विभिन्न शिर्षकमा बजेट बिनियोजन गरेको जनाएको छ । गोठ सुधार, बोयर जातका बोका, ब्याबसायिक बाख्रापालनका लागि तालिम गोष्ठी, अौषधोपचार, भ्याक्सिन, प्राबिधिक लगायतका शिर्षकमा बर्सेनि बजेट बिनियोजन गरिएको लमही नगरपालिका पशु उपशाखाले जनाएको छ ।
चालू अार्थिक बर्षमा सोही ठाउँका कृषकका लागि ६ लाख रुपैया बजेट बिनियोजन गरिएको पशु उपशाखा कार्यालय लमहीका प्रमुख हेमराज शर्माले जानकारी दिए । शर्माका अनुसार बिनियोजित रकम पशु स्वास्थ्य सिविर सञ्चालन, अापतकालिन अबस्थामा फिल्डमै प्राबिधिक खटाउने, बाख्राका लागि प्रत्यक महिना भ्याक्सिन, अौषधी लगायतका शिर्षकमा खर्च गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।