काठमाडौं । प्रेस काउन्सिल नेपालले यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार गोविन्दबहादुर थापालाई प्रदान गर्ने भएको छ । आफ्नो ५० औं वार्षिकोत्सवका अवसरमा १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार थापालाई दिन लागेको काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार सुरेश आचार्यलाई प्रदान गर्ने निर्णय भएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बाँकेको दैनिक नेपालगञ्जलाई, २० हजार राशीको भाषागत पत्रकारिता पुरस्कार सुनसरीका मो. हसन मियालाई र २० हजार राशीकै साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्बोध साहित्यिक त्रैमासिकलाई प्रदान गरिने निर्णय भएको प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दीपक खनालले बताए ।
२० हजार रुपैयाँ राशीको क्रियाशील पत्रकारिता पुरस्कार गोरखाका नेपालभूषण न्यौपाने, मोरङका शिवबहादुर कार्की, यज्ञप्रसाद शर्मा, धादिङका सीतारामप्रसाद बर्मा, कञ्चनपुरका हरि जोशी, धनुषाका बालकृष्णप्रसाद, खोटाङका शंकर कार्की, दैलेखका विष्णुप्रसाद शर्मा र सुनसरीका विश्वमणि सुवेदीलाई प्रदान गर्ने निर्णय काउन्सिलले गरेको छ ।
१५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार काठमाडौंकी मीना तिवारी घिमिरे, रुकुमका अजयदीप शर्मा, सुनसरीका अमर खड्का, कपिलवस्तुका डिलाराम भुसाल, कपिलवस्तुका करुण अर्याल, इलामका विधान श्रेष्ठ, सुनसरीकी निलिफा सुब्बा, काठमाडौंकी मन्जिमा ढकाल, कैलालीका सोमबहादुर थापा र धनुषाकी रिङ्कु मिश्र (गायत्री) ले पाउने भएका छन् ।
२० हजार रुपैयाँको प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै १० हजार रुपैयाँको प्रेस काउन्सिल कर्मचारी प्रोत्साहत पुरस्कार विपुल पाण्डेले पाउने भएका छन् ।
काउन्सिलले भोलि ६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा पुरस्कार प्रदान गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।