प्रेम विवश घर्ती, दाङ । दोस्रो अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा तुलसीपुरमा अन्तत्रृया कार्यक्रम् सम्पन्न भएको छ । “सबैका लागी सांकेतिक भाषाको अधिकार” भन्ने मूलनाराका साथ राप्ती बहिरा संघ तुलसीपुर दाङको आयोजनामा कार्यक्रम भएको हो । राप्ती बहिरा संघ तुलसीपुरकी उपाध्यक्ष रिता चौधरीको अध्यक्षता एवम राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर पाँचका अध्यक्ष देव दत्त आचार्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम को उद्घाटन पञ्चकन्याहरुले दिप बालेर गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथी आचार्यले बहिराहरुका लागी संविधान मा उल्लेख भएका अधिकारमा सरकारले ध्यान दिन नसक्दा बहिराहरु अपाङ्गमैत्री शिक्षा, स्वास्थ्य र यातायात जस्ता कुराबाट बञ्चीत हुनुपरेको भन्दै अवको शिक्षा दोभाषे तथा बहिरामैत्री हुनपर्नेमा जोड दिएका थिए । त्यस्तै बहिरा विद्यार्थीहरुले स्कूलमा दोभाषे तथा बहिरा मैत्री शिक्षा नहँुदा आफूहरुलाई निकै समस्या भएको गुनासो गरेका थिए ।
बहिराहरुलाई शिक्षाको समन्वय गर्दै आएको राप्ती बहिरा संघ तुलसीपुर ले हाल १ सय २६ जना विद्यार्थीहरुलाई प्रा वि श्रीगै र गुरुजजुर मा वि मा शिक्षा दिदै आएको छ । कार्यक्रममा ने क पा नगर अध्यक्ष खुसीराम चौधरी , प्रा वि श्रीगै का प्र.अ. फर्सुराम खनाल , अपाङ्ग सेवा संघका अध्यक्ष देवा भण्डारी, कार्यपालिका सदस्यहरु शुशिला बढाथोकी , चित्रा मल्ल , रुपा वि. क , सवास डि सी , मञ्जु कडेल लगायत ले बोल्दै सांकेतिक भाषाको लागी आगामी दिनमा उपमहानगरबाट विशेष पहल गरिने बताएका थिए ।
राप्ती बहिरा संघकी अम्बीका डागीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम्मा दोभाषेको भूमिका स्मृती योगी र भरना के सी ले गरेका थिए भने कार्यक्रमको सहजीकरण देवा बस्नेत ले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।