काँग्रेसको टिप्पणी: साझेदारी अस्वाभाविक



सैघाली खबर,
काठमाडौँ, असोज १८ गते । नेपाली काँग्रेसले सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र० ले विपक्षी दलसँग गरेको सहमतिलाई अस्वाभाविक भन्दै टिप्पणी गरेको छ ।

पार्टीका शीर्ष नेताबीच बसेको बैठकले विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्ने क्रममा नयाँ परिस्थितले निर्वाचनमा बाधा पर्न सक्ने आशङ्का व्यक्त गरेको काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवम् नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयलाई लिएर विभिन्न दलका शीर्ष नेतासँग अलग–अलग रूपमा भेटवार्ता पनि गर्नुभएको छ ।

त्यसक्रमा प्रमुख सत्तासाझेदार नेकपा ९माओवादी केन्द्र०ले राजनीतिक कोर्स परिवर्तन गर्दै प्रमुख प्रतिपक्ष एमाले र नयाँ शक्ति पार्टीसँग चुनावी तालमेल र पार्टी एकीकरणका लागि मङ्गलबार सहमति गरेपछि प्रधानमन्त्री देउवाले पार्टी बैठक, राजनीतिक भेटघाट र समीक्षलाई अगाडि बढाउनुभएको हो । त्यस क्रममा नेपाली काँग्रेसले बुधबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पनि बोलाएको छ ।

प्रधानमन्त्री देउवाले विभिन्न नेतासँग भेटी राजनीतिक विचारविमर्श गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवम् लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेतासँग भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री देउलाले मङ्गलबार बिहान र दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भेट्नुभएको थियो । पहिलो भेटमा अध्यक्ष प्रचण्डले काँग्रेससँग अझै चुनावी तालमेल गर्न सकिने बताए पनि पछिल्लो भेटमा भने तीन पार्टीबीचको सहमतिको जानकारी दिनुभएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री देउवाले सरकारमा सँगै रहेर प्रतिपक्षसँग गरिने तालमेल अस्वाभाविक हुने प्रतिक्रिया दिनुभएको थियो ।

काँग्रेसका केन्द्रीय सदस्य खाँडका अनुसार प्रधानमन्त्री देउवाले वामपन्थी राजनीतिक धु्रवीकरणलगायत समसामयिक विषयमा सबै दलका नेताको धारणा बुझ्नुभएको थियो ।

 

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलल नयाँ परिस्थितिको मूल्याङ्कन र निर्वाचनका लागि पार्टीको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने जानकारी दिनुभयो ।
उहाँले प्रतिनिधिसभा र प्रदेशका लागि ५० जिल्लाबाट उम्मेदवारको नामावली प्राप्त भएको र अन्य जिल्लाको पनि आउने क्रम जारी रहेको जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्