बालुवाटारमा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी



सैघाली खबर,
काठमाडौं १८ असोज।

प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको टिकट वितरण गर्ने संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस कार्य सम्पादन समितिको बैठक बसिरहेको छ।

बोर्ड गठन साथै समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजे देखि  उक्त बैठक बसेको हो।

संसदीय बोर्डले मात्र संघ र प्रदेशका सांसद उम्मेदवारको टिकट वितरण गर्ने विधानमा उल्लेख छ। अहिलेसम्म पनि उक्त बोर्ड गठन भएको छैन। उक्त बोर्ड गठनका लागि कार्यसम्पादन समितिको बैठक बसेको हो।

मंसीर ४मा हुने प्रतिनिधिसभाको चुनावका लागि समानुपातिक उम्मेदवारको बन्द सुचि बुझाउने म्याद २९ गते सम्म छ। त्यो म्याद अगावै बोर्ड गठन गरेर त्यहि बोर्ड मार्फत कांग्रेसले टिकेट वितरण गर्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्