रगतको अभाव हुन नदिन भालुवाङमा रक्तदान कार्यक्रम हुने



ओमप्रकाश गुप्ता, भालुवाङ। देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रक्तदान कार्यक्रम हुने भएको छ ।

दशै,तिहार र छठ जस्ता पर्वहरुमा रगतको अभाव हुन नदिन आशाका किरणहरु नामक संस्थाले नेपाल रेडक्रस सोसाइटी दाङको सहयोगमा असोज १४ गते भालुवाङको ग्रिनपार्क पुरानो बसपार्कमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष सुर्यकिरण केसीले जानकारी दिएका छन् ।

रक्त दान जिवन दान भन्ने मुल नाराका साथ विहान ८ बजे देखि सुरु हुने कार्यक्रममा रक्तदान गरि सहयोग गर्न सवै नागरिकहरुलाई आयोजकले अनुरोध समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्