गठबन्धनमै चुनाव लड्ने निर्णय



सैघाली खबर,
काठमाडौं १८ असोज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरि आगामी निर्वाचनमा जाने निर्णय गरेको छ ।
मंगलबार९हिजो० नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बृहत बाम गठबन्धन बनाउने सहमति भएपछि आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनका लागि अन्य दलहरुसँग छलफल गर्ने निश्कर्ष निकालेको हो ।
कांग्रेसकै नेतृत्वमा निर्वाचन गर्नका लागि माओवादी बाहेकका दलहरुलाई सरकारमा सहभागी गराउन पहल गर्ने निर्णय पनि कांग्रेस कार्यसम्पादन समितिले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्