समाचार

गठबन्धनमै चुनाव लड्ने निर्णय

By थाहा अनलाइन

October 04, 2017

सैघाली खबर, काठमाडौं १८ असोज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरि आगामी निर्वाचनमा जाने निर्णय गरेको छ । मंगलबार९हिजो० नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बृहत बाम गठबन्धन बनाउने सहमति भएपछि आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनका लागि अन्य दलहरुसँग छलफल गर्ने निश्कर्ष निकालेको हो । कांग्रेसकै नेतृत्वमा निर्वाचन गर्नका लागि माओवादी बाहेकका दलहरुलाई सरकारमा सहभागी गराउन पहल गर्ने निर्णय पनि कांग्रेस कार्यसम्पादन समितिले गरेको छ ।