डाक्टरको लापरबाहीले थलापरेका बुद्ध तामाङको निधन



डाक्टरको लापरवाहीको कारण थलापरेका १४ वर्षीय बुद्ध तामाङको आज निधन भएको छ ।

गत जेठको २ गते साइकलबाट लडेर बेहोश भएका तामाङलाई सबैभन्दा पहिले कटारी अस्पताल पुर्याइएको थियो । त्यहाँबाट विराटनगर पुर्याइएका उनलाई पटक पटक अपरेशन गरिएता पनि उनको स्वास्थ्य अवस्था झनै बिग्रँदै गएपछि उनलाई काठमाण्डौं ल्याइएको थियो ।
सामाजिक सञ्जालबाट व्यापक खबरहरु प्रकाशित भएपछि कमजोर आर्थिक अवस्था भएको उनको परिवारलाई सहयोग गर्नेहरूको सङ्ख्या पनि धेरै बढेको थियो ।

पारिवारिक स्रोतका अनुसार उनको मृत्युको मुख्य कारण सिकारु डाक्टरको लापरवाही हो । आज उनको कलिलो उमेरमै भएको मृत्युले स्वास्थ्य सेवामा हुने लापरवाहीको अर्को उदाहरणलाई देखाएको छ ।

यसअघि सैघाली अनलाइनले उनको बारेमा पटक पटक रिपोर्ट प्रसारण गर्नुको साथै अनलाइन हुँदै प्राप्त सहयोग हस्तान्तरण पनि गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्