काठमाडौं १३ जेठ । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।
काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटना भएको हो । विमान धावनमागबाट तल झरेको छ, जसका कारण उद्दारमा कठिनाई भएको छ ।
विमानका चालक चालक पारस राई थिए भने सहचालक श्रीजन मानन्धर, विमान परिचारिका प्रज्ञा महर्जन थिइन् । मानन्धर र मर्हजनको उद्दार भएको छ भने राईको उद्दार प्रयास जारी छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।