समाचार

गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना

By थाहा अनलाइन

May 27, 2017

काठमाडौं  १३ जेठ । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।

काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटना भएको हो । विमान धावनमागबाट तल झरेको छ, जसका कारण उद्दारमा कठिनाई भएको छ ।

विमानका चालक चालक पारस राई थिए भने सहचालक श्रीजन मानन्धर, विमान परिचारिका प्रज्ञा महर्जन थिइन् । मानन्धर र मर्हजनको उद्दार भएको छ भने राईको उद्दार प्रयास जारी छ ।