बाम एकता’ अत्यावश्यक -नेता शंकर पोख्रेल



सैघाली खबर
दाङ १८ असोज।
छलफल चौतारी दाङले आयोजना गरेको निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार निर्माणका लागि ‘बाम एकता’ अत्यावश्यक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

छ।

नेकपा एमालेका नेता शंकर पोख्रेलले आगामी निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार निर्माणका लागि ‘बाम एकता’ अत्यावश्यक भएको बताएका छन।
कार्यक्रममा बोल्दै पोख्रेलले निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार आवश्यक परेकाले त्यसैका लागि अहिलेको बाम एकता अत्याबश्यक रहेको बताएका छन।
संविधान निर्माण र कार्यान्वयन प्रकृयाका लागि मात्रै कांग्रेससँगको सहकार्य आवश्यक्ता रहेको भन्दै पोख्रेलले अब त्यो सहकार्यको औचित्य नरहेको र
त्यो सहकार्यृ समाप्त भैसकेको बताएका हुन।

मुलुकलाई सहि निकास दिनका लागि अब बामपन्थीहरुको एकता एक मात्रै विकल्प भएको भन्दै पोख्रेलले माओवादी केन्द्र र एमालेको तालमेललाई ‘अचानक’ नभई केपि ओली नेतृत्वको सरकारका पाला देखीको गृहकार्य रहेको बताउनु भयो ।

पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका पोख्रेलले वर्तमान सत्ता गठबन्धन कायम रहँदासम्म राष्ट्रियता कमजोर बन्दै जानुका साथै लोकतन्त्र कमजोर बन्दै जाने र यसलाइ बलियो बाम सहकार्य महशुस भएकाले यस्को थालनी गरिएको दाबी बताए।

२०४६ देखि नै बाम तालमेल र सहकार्य सुरु भएर बामपन्थी दलहरुको सहकार्य रहँदै आएको दाबी गर्दै पोख्रेलले बामपन्थी दलहरु बीचको सहमतिलाई अनौठो तरिकाले हेरेर नकारात्मक विश्लेषण गर्न सुरु गरिएको बताउनुभयो ।

बाम एकता र सहकार्य नहुँदासम्म मुलुकको नेतृत्वमा गलत शक्ति हावी भई मुलुकको अस्तित्व संकटमा पर्ने हुँदा बाम एकताको आवश्यकता महसुस भएको हो । यसलाई अन्यथा सोच्नुहुँदैन ।उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्