हेल्मेट लगाएर उपचारमा चिकित्सकहरु



सैघाली खबर
काठमाडौं, १९ असोज


सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन्। चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन्। बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन्।

सरकार र नेपाल मेडिकल एसोसिएसन एनएमए­बीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै लामो समयदेखि आन्दोलित चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए। सेवा ठप्प पार्दा बिरामी नै मर्कामा परेको भन्दै उनीहरू काममा फर्किए पनि आन्दोलन जारी रहेको घोषणा गरेका थिए। वीर अस्पतालमा कार्यरत डा  कालुसिंह खत्रीले उपचारका क्रममा बिरामीपक्षबाटै असुरक्षित भएको र सुरक्षा दिन सरकारले चासो नलिएकाले आफूहरूले हेल्मेट लगाएर उपचार गर्न थालेको बताए। ‘हामीले प्राप्त गरेको ज्ञान र सीपका आधारमा बिरामीको उपचार गर्ने हो।

उपचार प्रक्रिया सतप्रतिशत सफल हुन्छ भन्ने कुनै निश्चितता हुन्न। हामीले जहिले पनि आफूले गर्न सक्ने सबै प्रयास गरेका हुन्छौं। तैपनि हामीमाथि लापरबाही गरेको आरोप लाग्छ। गल्ती नभए पनि हामीमाथि पनि आक्रमण हुन्छु, डा।

खत्रीले भने। एकीकृत आन्दोलन सञ्चालन गर्न युवा चिकित्सक संलग्न ११ वटा संस्थाले ‘टास्क फोर्सुसमेत गठन गरेका छन्। सरकार एनएमए सम्झौता अस्पष्ट भएको भन्दै उनीहरूले आन्दोलनरत विभिन्न संघ संस्थाबीच पर्याप्त छलफलपछि मात्र सरकारसँग सम्झौता हुनुपर्ने माग गरेका छन्। युवा चिकित्सकको विकासमा बाधा पुग्ने गरी चिकित्सकको सेवानिवृत्त हुने उमेर ६५ वर्ष पुर्‍याउने सम्झौता खारेज गर्नुपर्ने उनीहरूको माग छ। माग पूरा गर्न सरकारले आलटाल गरेको भन्दै उनीहरूले आन्दोलनको स्वरुप परिवर्तन गरेर कालोपट्टि बाँधेर हेल्मेट लगाई सेवा दिएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्