तीन जना बैंक ह्याकर काठमाडौंबाट पक्राउ



कृषि विकास बैंक, नेपाल प्रहरीले फेरि तीन जना ह्याकरलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

कृषि विकास बैंकको करिब २ करोड रुपैयाँ ह्याक गरी रकम निकाल्दा–निकाल्दै प्रहरीले उनीहरुलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे पनि केही बताएको छैन । तीन जनालाई पक्राउ नियन्त्रणमा लिएको उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्माम ज्ञवालीले पुष्टि गर्नुभयो ।

प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो । जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए चिनियाँ भने अझै फरार छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्