मुख्य समाचार

कांग्रेस नेतृत्वका कार्यदलले आजदेखि छलफल शुरु गर्ने ।।

By थाहा अनलाइन

October 05, 2017

सैघाली खबर काठमाडौं, १९ असोज

कांग्रेसको नेतृत्वमा बनाइएको लोकतान्त्रिक गठबन्धनले आजदेखि छलफल शुरु गर्ने भएको छ । अस्ति एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल भएपछि कांगे्रसले हिजो गठबन्धन बनाएको थियो । कांग्रेससहित राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले गठबन्धन बनाउने निर्णय गरेको हो । आज बिहान कांगे्रसबाट २ र अरु पार्टीबाट एकएक जनाको नाम सिफारिस हुने र त्यसपछि गठबन्धनले काम शुरु गर्ने कांगे्रस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । गठबन्धनले आगामी चुनावमा कहाँ कसरी तालमेल गर्ने भन्ने बारेमा शीर्ष नेताहरुको निर्देशनमा काम अघि बढाउने भएको छ । यसैबीचहिजो शुरु भएको कांगे्रस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले चुनावी तालमेल र माओवादीले एमालेसँग तालमेल गरेपछिको सरकारको बारेमा छलफल गर्ने भएको छ । दुवै बैठक अहिले बिहान ९ बजे शुरु हुने प्रधानमन्त्रीका पे्रस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।