बाम गठबन्धनको कार्यदल÷समितिहरु पनि गृहकार्यमा



सैघाली खबर
काठमाडौं, १९ असोज

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच अस्ति भएको निर्णयअनुसार गठित कार्यदलले पनि काम थालेको छ । तीनवटै पार्टीका नेताहरु सम्मिलित उम्मेदवार निर्धारण समिति र निर्वाचन घोषणापत्र तयारी समिति हिजो बनाइएको थियो । दुवै समितिहरुले आज पनि कामलाई तिब्रता दिने बताएका छन् ।

निर्वाचन नजिकिंदै गरेकाले दुई समिति बनाएर तिब्ररुपमा काम अघि बढाउने जिम्मा पाएकाले आज पनि छलफल हुने नेताहरुले बताएका छन् । उम्मेदवार छनौट समितिको संयोजकमा एमाले महासचिव इश्वर पोखरेल रहनुभएको छ भने घोषणापत्र मस्यौदा समितिमा एमाले उपाध्यक्ष वामदेव गौतमलगायत माओवादी र नयाँ शक्तिबाट नेताहरु हुनुहुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्