प्रहरीका तीन एआईजीहरुको सरुवा



सरकारले नेपाल प्रहरीका तीन एआईजीहरुको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो ।

एआईजी धिरु बस्नेत दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा र प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा गरेको हो।

एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्