घोराहीको तुलसीपुर चोकमा उपमहानगरको फ्रि वाईफाई



सैघाली खबर,
घोराही, १९ असोज।
घोराही उपमहानगरपालिकाले घोराहीको तुलसीपुर चोकमा वाईफाई सेवा प्रारम्भ गरेको छ । उपमहानगरले निति तथा कार्यक्रममा समाबेश गरेको फ्रि वाईफाई सेवालाई बुधबार देखी कार्वान्वयनमा ल्याएको हो ।

तुलसीपुर चोकमा जडान गरिएको फ्रि वाईफाई सेवा सबैले लिन सक्ने छन् । उच्च पावर रहेको वाईफाईले २ सय मिटर आसपास सम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा वाईफाई जडान गरिएको उपमहानगरका सूचना अधिकृत प्रेम केसीले जानकारी दिनुभएको छ ।

ईन्टरनेट सेवा प्रदान गर्दै आएको वर्डलिंक सँगको समन्वय गरि वाईफाई जडान गरिएको हो । उपमहानगरले घोराहीमा मुख्य चोक तथा बसपार्कमा वाईफाई जोड्ने कार्यक्रमलाई समाबेश गरे अनुसार त्यसको कार्यान्वयन थालिएको मेयर नरुलाल चौधरीले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्