आज विश्व शिक्षक दिवस मनाईंदै



सैघाली खबर,
काठमाडौं, १९ असोज ।– ‘शिक्षकमा लगानी, भविष्य सुनिश्चित’ भन्ने नाराका साथ बिहीबार विश्व शिक्षक दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९४ देखि अक्टोवर ५ तारिखमा यो दिवस मनाउन थालिएको हो ।
विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्नुका साथै शिक्षकले बौद्धिक, नैतिक र क्षमतावान युवा शक्तिको निर्माण गरी राष्ट्रलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

सामाजलाई सकारात्मक दिशामा डोर्‍याउन शिक्षकका लागि समय सापेक्ष विभिन्न सुविधा, तालिम तथा प्रविधिको ज्ञान दिने गरेको सरकारले जनाएको छ । नेपालमा स्थायी, अस्थायी, करार र राहत गरी झण्डै तीन लाखको हाराहारीमा शिक्षक छन् ।

यसमध्ये एक लाख ७ हजार स्थायी शिक्षक रहेको शिक्षा विभागले जनाएको छ । अस्थायी र निजी स्रोेतका शिक्षकहरुले भने विभिन्न सेवा, सुविधा नपाएको गुनासो गर्दै आन्दोलन गरिरहेका छन् । सन् २०२० सम्म विश्वभरमा प्राथमिक शिक्षाको पहुँच पुर्‍याउन १ करोड २६ लाख प्राथमिक तहका शिक्षक आवश्यक रहेको युनेस्कोले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्