जनक नेपाली
दाङ,जेठ १३ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंका प्राध्यापक डा.गोविन्द केसी ११ औ पटक अनसन बस्ने तयारी गर्नु भएको छ । सरकारले घोषणा गरे बमोजिम दाङमा निर्माण भनिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, (मेडिकल कलेज) चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाएर पारित गर्नुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्की माथिको महाअभियोग प्रस्ताव फिर्ता लगायतका माग राखी डा. केसी घोराही स्थित साई मन्दिरमा भोली देखि अनसन बस्न लाग्नु भएको हो । १० औ पटक सम्मको अनसन काठमाडौमा बसेकाले राजधानी बाहिर पनि बस्ने योजना बनाएर दाङ आएको उहाँले जानकारी दिनुभयो । केसीले देशभर सरकारी मेडिकल तीन वटा, निजीमेडिकल कलेज १८ वटा र अझै १० भन्दा बढि प्रकृयामा रहेका कारण नागरिकलाई स्वास्थ्य सेवा पु¥र्याउन तत्काल सरकारी मेडिकल कलेज स्थापना गर्न दवाव स्वरुप दाङबाट अनसन सुरु गर्न लागेको उल्लेख गर्नुभयो ।
सरकारले प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने र त्यसको सुरुवात दाङबाट गर्ने निर्णय गरी यसअघि सम्झौता पनि भइसकेकाले उक्त सम्झौता कार्यान्वयनका लागि अनसन बस्न थालेको जानकारी दिनुभयो । नेताहरुले आफ्नो कालोधन्दा बचाउन निजी मेडिकल कलेजमा धमाधम लगानी गरेको वताउँदै त्यसलाई रोक्न सरकारी मेडिकल कलेज स्थापना गर्नु पर्ने उल्लेख गर्नुभयो । नेपालमा नेताहरु नै स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको उल्लेख गर्दै नेताहरु आफ्ना निजी मेडिकल कलेजको स्वीकृति गराउन लागि परेको उल्लेख गर्नुभयो । यहाँ डाक्टर पढ्न करोडौं खर्च हुन्छ सामान्य नागरिकले कसरी डाक्टर पढ्ने ?,उहाँले भन्नुभयो ‘प्रदेशस्तरमा मेडिकल कलेज स्थापना गरी सबैले सहजै पढ्न पाउन पर्छ । उहाँले भन्नुभयो
कलेजको फाईल सामाजिक समितिमा अलपत्र
जिल्लामा निर्माण गर्ने भनिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको फाईल मन्त्रिपरिषदको सामाजिक समितिमा अलपत्र अबस्थामा रहेको छ । नेपाली काग्रेसका नेता बालकृष्ण खान ले दाङमा मेडिकल कलेज स्थापनाको विरोध गरेपछि उक्त फाईल सामाजिक समितिमा रोकिएको माओवादी केन्द्र दाङका ईञ्चार्ज जिवन गौतमले जानकारी दिनुभयो ।स्वास्थ्य मन्त्रालयबाट पारित भएर सामाजिक समितिमा आएको फाईल खानका कारण रोकिएको बताउनुभयो । दाङका सबै नागरिकले निकै मेहनत गरी मेडिकल कलेज स्थापनामा लागेपनि मन्त्री परिद्षबाट हाल सम्म निर्णय हुन नसेको उल्लेख गर्नुभयो ।
भवनको अभाव देखाउँदै अनसन स्थल सारियो
राप्ती उपक्षेत्रिय अस्पतालले अभाव देखाउँदै केसीको अनसन स्थल सारेको छ । राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा मेडिकल सुपरिटेण्डन डा.जनार्दन पन्थीले केसीलाई उपयुक्त हुने अनसन स्थल नभएको भन्दै ट्राफिक चोक स्थित साई मन्दिरमा व्यवस्था गरेको जानकारी दिनुभयो । केसीलाई प्रसाशनले अस्पताल परिषरमा अनसन बस्न नदिए पछि भवन शौचालयको अभाव देखाउँदै अस्पतालले अनसन स्थल सारेको हो । डा. केसीको अनसन अबधिभर आउँने स्वास्थ्य समस्या हल गर्न एक स्वास्थ्यकर्मीको टोली समेत परिचालन गरिने उल्लेख गर्नुभयो ।
सरकारलाई भोली २ बजे सम्म अल्टिमेटम
डा. गोविन्द केसीले सरकारलाई माग पुरा गर्न भोली दुई बजे सम्मको अल्टिमेटम दिनु भएको छ । केसीले स्वास्थ्य मन्त्री गगन थापा संग फोनमा कुराकानी गर्दै आफुले भोली २ बजे सम्म आफ्ना माग पुरा गर्न आग्रह गर्नुभयो । मन्त्री थापा संग आफुलाई भन्दा नागरिकलाई विश्वासमा लिन आग्रह गर्नुभयो । पटक ÷पटक सरकारले आफ्ना मागलाई व्यवास्था गर्दै आएको उल्लेख गर्दै त्यसका लागि नागरिकलाई विश्वासमा लिए आफु अनशन नबस्ने बताउनुभयो । दाङमा निर्माण गर्ने भनिएको मेडिकलेज स्थापनको सम्पूर्ण प्रकृया एकहप्ता भित्र पुरा हुने स्वास्थ्य मन्त्रीले आफुलाई आस्वासन दिएको केसीको भनाई छ। भोली नै प्रधानन्याधिस सुशिला कार्की माथिको महा–अभियोग फिर्ता हुने भन्दै अनसन नबस्न आग्रह गरेको वताउनुभयो । यदी भोली दुई बजे सम्म आफ्ना माग पूरा नभए ४ बजे देखी अनसन बस्ने वताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।