धनगढीकी २७ वर्षीया खगित्रा शाहीले चार शिशु जन्माएकी छन् । बुधबार सिनामङ्गलस्थित काठमाण्डौ मेडिकल कलेजमा तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।
उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीका अनुसार आठ महिनाको गर्भलाई उनी लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । ती नवजात तीन शिशुको तौल क्रमशः १.४, १.५, १.६ केजी र एकको ९ सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ ।
अहिले खगित्रा र उनका चारै नवजात शिशुलाईको काठमाडौं मेडिकल कलेजको नियोन्याटल इन्टेनसिभ केयर युनिट एनआईसीयुमा राखिएको छ । शाही र खत्रीका यसअघि ६ वर्षीया एक छोरी छन् । छोरी जन्मिएको पाँच वर्षपछि दुवैले दोस्रो सन्तानको योजना बनाएका थिए।
खगित्राको गर्भ नरहेपछि स्वास्थ्यकर्मीको सल्लाहमा ओभुलेसन इन्डक्सनका लागि निजी अस्पताल गएपछि उनी गर्भवती भईन । तीन महिनापछि गर्भमा चार बच्चा रहेको र खगित्राको ज्यान जोखिममा रहेको डाक्टरले बताएपछि शाही पत्नी खगित्रालाई लिएर भदौ ११ गते काठमाण्डौं पुगेका थिए । काठमाण्डौं आएको झण्डै एक महिनापछि खगित्राले बुधवार चार सन्तानलाई जन्म दिएकी हुन् ।
नवजात शिशुको फोक्सो पूर्ण रुपले विकास नभएकोले फोक्सो विकसित गर्ने औषधी दिनुपर्ने अस्पतालले बताएको पदमले बताए । त्यसका लागि एउटा औषधीकै २० हजार रुपैयाँ पर्ने चिकित्सकले बताएका छन् । र एउटा शिशुको बेड चार्ज चार हजार पाँच सय रुपैया लाग्ने गरेको छ । जसअनुसार चारै नवजात शिशुको दैनिक खर्च १८ हजार रुपैया लाग्ने पदमले बताए ।
एनआईसीयु बाहिर नवजात शिशु र पत्नीलाई हेर्न कुरेर बसेका पदमले अहिलेसम्म उनीहरुलाई भेट्न पाएका छैनन् ।आर्थिक अवस्था कमजोर भएका कारण उनलाई त्यहाँ राखेर उपचार गर्न कठिनाई भएको छ । उनीहरुको अवस्था सामान्य भएपछि उपचारका लागि सस्तो अस्पतालमा लैजाने तयारीमा रहेको खत्रीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।