अब देशमा कम्युनिष्ट शासन सुरु हुन्छः भिम रावल



सैघाली खबर,काठमाडौं १९ असोज । नेकपा एमाले उपाध्यक्ष भिम रावलले वाम गठबन्धनसँगै अब देशमा कम्युनिष्ट शासन सुरु हुनेमा शंका नरहेको बताएका छन् ।
नेपाली कांग्रेस अब कम्तीमा दुईदशक सत्ताबाट बाहिर रहने उनको जिकर छ । कार्याकतार्मा असन्तुष्टी छ नी भन्ने प्रश्नमा उनले भने ‘त्यो असन्तुष्टी नभएर उत्साह हो केहीले कुरा नबुझेका हुन सक्छन भने हामी त्यसको संवोधन गर्छौं ।’

माओवादी र एमालेबीचमा घोचपेच सुरु भयो भन्ने प्रश्नमा रावलले भने, ‘कुनै घोचपेच सुरु भएको छैन् । एमाले माओवादी दुबैले एक अर्काको अस्तित्व स्विकार गरेर एककीरकणसम्मको पहल भएको हो डाह गर्नेहरुले के भन्छन र लेख्छन भन्नेले अर्थ राख्दैन । ‘

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्