समाचार

संघीय समाजवादी फोरम दीर्घकालीन गठबन्धनमा नजाने

By थाहा अनलाइन

October 05, 2017

सैघाली खबर,काठमाडौं १९ असोज । काठमाडौं । संविधान संशोधन गर्ने बाचासँगै सिटको उचित बाँडफाड गर्ने दलसँग चुनावी तालमेल गर्ने बताउदै आएको संघीय समाजवादी फोरमले दीर्घकालीन गठबन्धनमा सहभागी नहुने बताएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय फोरमलाई आफु तिर तान्न एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको वाम गठबन्धन र कांग्रेस नेतृत्वको लोकतान्त्रिक दुबैले प्रयास गरिरहेका छन् ।

प्रदेश २ को स्थानीय चुनावमा पाएको मतका कारण पनि संघीय फोरम दुबै गठबन्धनको प्राथमिकतामा परेको हो । कांग्रेसले बुधबार साँझ बोलाएको बैठकमा उपेन्द्र यादव पार्टीका वरिष्ठ नेता अशोक राई र रामसहाय यादव सहभागी भए पनि लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने नहुने अझै निर्णय नभएको नेताहरु बताउँछन् ।