शिवराजमा नगर स्तरीय २ दिने कृषक क्षमता आभिबृद्धि तालीम सम्पन्न



कमलेश चन्द्र गुप्ता, चन्द्रौटा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा दलहन तथा तेलहन बाली प्रबर्द्धन अन्तर्गत २ दिने नगर स्तरीय क्षमता आभिबृद्धि तालीम सम्पन्न भएको छ। शिवराज नगरपालिका को कृषि विकास शाखाको आयोजनामा वड़ा न ५ को कार्यलय चन्द्रौटाको सभा हालमा सम्पन्न भएको हो। आसोज ८ गते सुरु भएको तालीम आज एक कर्यक्रम बीच संम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै कर्यक्रमको प्रमुख अतिथि तथा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले आफूले कृषि क्षेत्रमा सबै भन्दा बढ़ी ध्यान दिएको बताउनु भयो। कृषि क्षेत्रलाई प्रभवकारी बनाउन आफू संग जै भए सहयोग गर्न तयार छू भाने वहांले बताए। सहभगीहरूलाई सिखे को कुरा ब्यवहारमा उतारने र आधुनिक प्रबिधिले खेती गरी बढ़ी भन्दा बढ़ी उत्पादन गरेर बढ़ी आमदनी लिने र बिदेशबाट निर्यात गर्नु पर्ने समस्या समाधान गर्नु पर्ने वहांको भनाइ रहेको थियो।

सहभगीहरूलाई प्रशिक्षक तथा शिवराज नगरपालिकाको कृषि बिकासका प्रमुख तारा चन्द्र चौधरीले तेलहन तथा दलहन बालीको परिचय ,हवापनी, माटो तथा महत्व बारे परीक्षण गरेका थिए भाने प्रशिक्षाका शान्तिमाया अधिकारीले तेलहन तथा दलहन बाली को जात, बीउदर , बीउ उपचार, लगाउने समय ,दूरी र मलखाद बारे प्रशिक्षण गरेका थिन।

प्रशिक्षणको क्रममा प्रशिक्षक शिवकुमार चौधरी र किरण थारुले तेलहन तथा दलहन बाली मा लाग्ने रोगकिरा र त्यसको नियत्रण का उपाय बारे प्रशिक्षण गरेका थिए भाने प्रशिक्षक परशुराम जैसवालले उक्त बालीको उत्पादन र भण्डार बारे प्रशिक्षण गर्नु भएको थियो।

कर्यक्रममा कृषक, महिला, विधार्थी , बुद्धजीबी, कृषि शाखाका कर्मचारी , पत्रकार लगायत को उपस्तिथिति रहेको थियो र शिवराज नगरपालिका भित्र ४० जाना कृषकहरूलाई तालीम दिएको र सहभगीहरूलाई प्रमाण पत्र पनि दिएको कुरा कृषि बिकास शाखाका कमर्चारी चित्राले जानकारी दिनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्