राणा र लोहनीको राप्रपा एउटै चुनाव चिन्हमा लड्ने



सैघाली खबर,काठमाडौं १९ असोज । । राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादी आगामी निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने भएका छन् । चुनाव चिन्ह गोलाकारभित्र हलो हुनेछ ।

 

दुबै दलले हलो चुनाव चिन्ह दाबी गरेका थिए । तर, निर्वाचन आयोगले प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई हलो र पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्र हलो चुनाव चिन्ह दिएको छ ।

राप्रपा राष्ट्रवादीका नेता लोहनीले भने, ‘दुई चुनाव चिन्ह मध्ये जसको माथि हुन्छ, उसको चिन्ह लिएर लड्ने सहमति भएको थियो । अब गोलाकारभित्र हलोमा लड्छौं ।’

प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मतपत्रमा गोलाकारभित्र हलो सातौं नम्बरमा छ भने हलो ३४ औं नम्बरमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्