नेपाली जनताको जीवन बदल्ने जिम्मा नेकपाको काँधमा



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निर्मल आचार्यले नेपाली जनताको जीवन बदल्ने जिम्मा नेकपाको काँधमा आएको बताउनुभएको छ ।

लामो बलिदानपूर्ण संघर्षबाट आएको पार्टीलाई जनताले आफ्नो जीवन रुपान्तरणकै लागि दुइ तिहाइ बहुमत दिएको उल्लेख गर्दै उहाँले यो महत्वपूर्ण अवसर भएको पनि उहाँले बताउनुभयो । नेकपा घोराही १९ नम्बर वडा समितिले गरेको जनसभालाई सम्वोधन गर्दै उहाँले सम्पूर्ण नेता कार्यकर्ता उत्पादनमा जुट्नुपर्ने बताउनुभयो ।

घोराही १९ ले शुरु गरेको पहिलो चरणको संगठन निर्माण अभियानको समापनका अवसरमा आयोजित जनसभामा नेता आचार्यले जनताको जीवन बदल्नकै लागि दुइ ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर नेकपा बनाएको बताउनुभयो ।

नेपालमा बामपंथीहरु सरकार सञ्चालनमा पुगेपछि देश विकासको बाटोमा अघि बढेको पनि उहाँले बताउनुभयो ।
पुराना दलहरुले शासन गर्दा एकात्मक राज्यसंरचनाको अभ्यास गरेको र गाउँमा विकास नपु¥याएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यही सैघामा समेत विकासले छोएको थिएन, हामी सरकार सञ्चालनको चरणमा पुगेपछि नै यहाँ विकासको शुरुवात भएको छ ।’

पहिलेका शासकहरुले गाउँमा पनि जनता बस्छन् भन्ने नसोचेर विकासमा ढिलाइ भएको उल्लेख गर्दै उहाँले अबको केही बर्षभित्रै देशका सबै भागमा आधारभूत विकास पुगिसक्ने बताउनुभयो ।

वडा समिति अध्यक्ष टेकमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य मनबहादुर विश्वकर्मा ‘उदय’, नगर सचिबालय सदस्य निमकान्त पुरी, नगर सदस्य जंग रोका, वडा कमिटी सदस्य खडकबहादुर घर्ती, पार्वती नेपाली, जानका पुन, टिकाराम खड्का, शरद रावत ,प्रेम घर्ती, बलबहादुर बिक, युवराज घर्ती, जगत घर्ती लगायतले बोल्नुभउको थियो ।

वडा सदस्य शशिराम गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव डम्बर रावतले गर्नुभएको थियो । अभियानअन्तर्गत नेकपाले यो वडामा १२ वटा टोल समिति गठन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्