सल्यानमा तरकारी बोकेको पिकअप जिप दुर्घटना एक जनाको मृत्यु



सल्यान
सल्यानमा तरकारी बोेकेको पिकअप जिप गएराती दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कपुरकोट गाँउपालिका–४ किमिचौरका कर्मि पुनको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएकी पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिनुभयो ।

कपुरकोट गाँउपालिका–४ किमिचौरबाट कपुरकोट आउँदै गरेको लु १ च ४१५३ नम्बरको पिकअप जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाइते सात जनाको राप्ती प्रादेशि अस्पतालमा तुलसीपुर दाङमा उपचार भइरहेको छ । तरकारी बोकेको जिपमा चालक सहित ९ जना सवार रहेको प्रहरी प्रवक्ता जोशिले जानकारी दिनुभयो । अत्याधिक लोडका कारण जिप दुर्घटनामा परेको उहाँको भनाई छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्