राप्ती गाउँपालिकामा कुकुरहरूमा रेविज विरूद्वको निशुल्क खोप लगाइने



ओमप्रकाश गुप्ता, भालुवाङ। देउखुरीको राप्ती गाउँपालिका पशुसेवा शाखाले गाउँपालिका क्षेत्रमा रहेका कुकुरहरुमा रेविज विरुद्धको खोप लगाउने भएको छ ।

कुकुरवाट फैलन सक्ने रेविज रोगबाट बच्न र बचाउन कुकुरहरुमा रेविज विरुद्धको खोप लगाउन थालिएको राप्ती गाउँपालिकाका निमीत्त प्रमुख प्रशासकिय अधिकृत महेश अधिकारीले जानकारी दिएका छन् ।

असोज ११ गते विश्व रेविज दिवसको अवसरमा निशुल्क रुपमा कुकुरहरुमा रेविज विरुद्धको खोप लगाउन थालिएकोले कुकुरधनीहरुले खोप केन्द्रमा आ आफ्ना कुकुरहरु ल्याई निशुल्क रुपमा सेवा लिन पशुसेवा शाखाका राजविक्रम चौधरीले सबैमा अनुरोध गरेका छन् ।

असोज ११ गते शनिवार पशुसेवा केन्द्र मौरीघाटमा असोज १२ गते आईतवार वडा नम्बर १ को कार्यालय भालुवाङमा र असोज १३ गते सोमवार वडा नम्बर ५ को कार्यालय सिसहनिययाँमा विहान ११ बजे देखी दिउसो ४ बजे सम्म कुकुरहरुमा निशुल्क रुपमा रेविज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको वडा सचिव तथा पशु प्रविधिक शेरबहादुर हमालले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्