आज संसदको बैठक, महत्वपूर्ण विधेयक पेश गरिदै



सैघाली खबर
काठमाडौं ,२० असोज

व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा महत्वपूर्ण विधेयक र प्रतिवेदनकाविषयमा छलफल हुनेछ । संसद सचिवालयकाकार्यसूचीअनुसार आज डेड दर्जन विधेयक र २ प्रतिवेदन पेश हुनेछ । आजको बैठकमा विकास विकास समितिको वार्षिक प्रतिवेदन,र विधायन समितिको वार्षिक प्रतिवेदन,पेश हुनेछ । त्यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, अन्तर–सरकारी वित्तव्यवस्थापनविधेयक, अन्तर–सरकारी वित्तव्यवस्थापनविधेयक, राष्ट्रिय प्राकृतिक स्रोत तथावित्तआयोग विधेयक, पेश हुनेछ । राष्ट्रिय सभा सदस्यनिर्वाचनविधेयक, राष्ट्रपति तथाउपराष्ट्रपतिको निर्वाचन सम्बन्धीविधेयक, प्रधानन्यायाधीशतथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्यशर्त सम्बन्धीविधेयक सम्बन्धीविधेयक पेश हुने कार्यसूची रहेको छ । ज्येष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदसहितको विधेयकपनि पेश हुने संसद सचिवालउयले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्