कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै



सैघाली खबर
काठमाडौं ,२० असोज

सत्तारुढ नेपालीकांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।बैठकमाप्रजातान्त्रिकशक्तिसँगको एकता, अबको चुनावमा पार्टीको रणनीति लगायतकाविषयमा छलफल हुनेछ ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे सकिक्षासहित रणनीति बनाउने कांग्रेस नेताहरुले बताएका छन् । सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेल सँगै पार्टी एकीकरणको पहलथालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकमा आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाउनेबारे पनि छलफल हुने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिनुभयो । एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँचदललाई साथलिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ ।आजै दिउँसो लोकतान्त्रिक गठबबन्धको बैठक पनिबोलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्