राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन, २ हजार प्रदर्शनकारी पक्राउ



इजिप्टमा सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा करिब दुई हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

आन्दोलनको दोस्रो साता चलिरहँदा शुक्रबारसम्म मुख्य सहरहरुमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै प्रदर्शनकारीहरुलाई पक्राउ गर्ने क्रम तिव्र पारिएको छ । राष्ट्रपति अब्देल फताह एल(सिसि विरुद्ध ुमिलियन(म्यान(मार्चु लाखौं मानिसहरुको र्‍यालीको आह्वान गरिएपछि मुख्य सहरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो । इजिप्टका गृहमन्त्रीले बिहीबार शान्ति र स्थिरतालाई खलब्याउने कुनै पनि किसिमका गतिविधि भएमा ुनिर्णायकु कदम चालिने चेतावनी दिएका थिए ।

राष्ट्रपतिको राजीनामा माग गर्दै थालिएको प्रदर्शनका क्रममा दुई साताको अवधिमा दुई हजार बढी पक्राउ परिसकेका छन् ।  ट्विटरमा राष्ट्रपतिले पद त्याग गर्नुपर्ने लेखेका काइरो विश्वविद्यालयका राजनीतिक शास्त्रका प्रोफेसर हसन नाफासमेत पक्राउ परेका छन् । त्यसैगरी सेनाका पूर्व प्रवक्ता समी अनान, अल(डउस्टर पार्टीका प्रमुख खालिद दवउडसमेत पक्राउ परेका छन् ।

संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अमेरिका पुगेका राष्ट्रपति एल(सिसि शुक्रबार स्वदेश फर्किने भएका हुन् । यही अवसरमा प्रदर्शनकारीहरुले आन्दोलन सुरु गरेका हुन् । त्यहाँ आन्दोलनका समाचार अथवा आन्दोलनको पक्षमा वकालत गर्ने वेबसाइटसमेत बन्द गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्