घुस लिएको आरोपमा नवलपरासीमा ज्ञानेन्द्र रंगेहात पक्राउ



रबिन्द्र यादव / नवलपरासी पश्चिम

व्यापारीसित सात हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार सशस्त्र प्रहरी बेस क्याम्प सेमरी नवलपरासी पश्चिममा कार्यरत सहायक हवल्दार ज्ञानेन्द्र मौर्या पक्राउ परेका छन्।

व्यापारसित ७ हजार रुपैयाँ सर समान सहज रुपामा अोसारपसार गरिदिने भनेर घुस लिएको आरोपमा सशस्त्र प्रहरी बेस क्याम्प सेमरीका घुमुवा रंगेहात पक्राउ परेका छन्।

व्यापारीको सर समान सहज रुपमा गन्तव्य पुर्याइदिने भनी हवल्दारले सोहीबापत रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो।
व्यापारी संग ( नाम नखुलेको ) रकम बुझिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई गोपीगंजमा पक्राउ गरेको थियो।

आयोगको क्षेत्रीय कार्यालय बुटवलका प्रवक्ता सुरेश भुषालले गुनासो आएपछि बजार पुग्दा रकम लेनदेनकै अवस्थामा भेटिएको बताए। आवश्यक अनुसन्धानका लागि मौर्यालाई क्षेत्रीय कार्यालय बुटवल लगिएको उनले जनाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्