राजनिती

समाजवादी पार्टीको वरिष्ठ नेता अशोक राईको उपस्थितिमा गुल्मीमा पार्टी समायोजन

By Saru Sunar

September 27, 2019

 

गुल्मी, असोज १०

अजय मिश्र ,समाजवादी पार्टी जिल्ला समन्वय समिति गुल्मीको पार्टी समायोजन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। गुल्मी जिल्ला समन्वय समितिको कार्यबाहक अध्यक्ष विरबहादुर गुरुङको अध्यक्षता तथा पार्टी बरिष्ठ नेता अशोक राईको प्रमुख अातिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश ५ का सह- ईन्चार्ज कमल खनाल,नवीन सुनुवार ,केन्द्रीय सदस्य तथा प्रदेश ५ का अध्यक्ष अशोक कुमार यादव,केन्द्रिय सदस्य महेन्द्र थापा,तेजेन्द्र थापा,कमला वि.क. केन्द्रिय परिषद सदस्य अकरम पठान,गुल्मी जिल्ला नि -वर्तमान अध्यक्ष दुर्गा सतुङ्गे,कपिलवस्तु जिल्ला सदस्य रहिश शाह लगायतका बक्ताहरुले पार्टीको नीति तथा सिद्धान्त माथि प्रकाश पार्नु भएको थियो ।