अन्तर्राष्ट्रिय

क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न अदालतको आदेश

By थाहा अनलाइन

October 06, 2017

सैघाली खबर काठमाडौं ,२० असोज

स्पेनको संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न आदेश दिएको छ । क्याटालोनियालाई स्वतन्त्र घोषणा गरिए संविधानको उल्लंघन ठहर्ने पनिअदालतले भनेको छ । अदालतले आगामी साता बस्न लागेको क्याटालान संसदको बैठक पनि स्थगितगर्न आदेश दिएको छ ।क्याटालान नेताकार्लोस पुईग्देमोन्टले सोमबार बस्ने संसद बैठकले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने बताउँदै आएकाथिए ।अदालतले यो आदेश स्पेनिस सरकारको नभई क्याटालानकै समाजवादी दलले स्वतन्त्रताको घोषणा रोक्नमागगर्दै हालेको मुद्दामा दिएको हो ।