बैतडीमा बस दुर्घटना, २१ घाइते, ६ को अवस्था गम्भीर



काठमाडौं । बैतडीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २१ जना घाईते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको ना ४ ख ४०१९ नम्बरको महाकाली यातायातको बस राती साढे तीन बजे पाटन नगरपालिका ६ को लोर्खामा दुर्घटना हुँदा घाइते भएका २१ जना मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

अन्य घाईतेहरुको भने पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको चन्दले बताए। बसमा ३० जना सवार रहेका थिए। तिव्र गतिको बस अनियन्त्रीत भएर दुर्घटना हुँदा सडकबाट १० मिटर तल खेतमा खसेको चन्दले बताए। दुर्घटनासंगै बस चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्