चितवनमा नेकपा कार्यकर्ताको आक्रमणबाट घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ।
आक्रमणबाट घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएकोमा सुरक्षाको कारण देखाउँदै उनलाई काठमाडौँ रेफर गरिएको हो । आक्रमणबाट शाहीको टाउकोमा चोट लागेको छ। शाही कुटिएपछि सामाजिक सञ्जालमा सो घटनाप्रति चर्को आलोचना भइरहेको छ। राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आक्रमण फाँसिष्ट प्रवृति भएको बताएका छन्।
देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार विरोधी कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडिमाथि पूर्वमाओवादी निकट वाईसीएलले शाहीलाई निर्घात कुटपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए ।
वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आक्रमणबाट अन्य पाँच जनासमेत घाइते भएको बताए । घाइते हुनेमा बाबुराम र प्रचण्डलाई हेग पुर्याउने चेतावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्योति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए ।
ज्ञानेन्द्र शाहीमाथि यसअघि पनि अक्रामण भएको थियो। शाहीलाई नेकपाको युवा संगठनले चितवन प्रवेशमा रोक लगाएको थियो। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।