वैद्य माओवादी एक्लै निर्वाचनमा जाने



सैघाली खबर,
काठमाडौं २० असोज। नेकपा क्रान्तिकारी माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक्लै भाग लिने भएको छ । निर्वाचन उपयोग गर्ने नीतिअनुरूप भाग लिन थालेको नेता सिपी गजुुरेलले बताए ।
गजुरेलको संयोजकत्वमा गठित जनगणतान्त्रिक मोर्चाले कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासँग तालमेल नगर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
तर, क्रान्तिकारी शक्तिसँग भने तालमेल हुन सक्ने माओवादीले जनाएको छ । कुन–कुन जिल्लामा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको नेता गजुरेलले बताए । मोर्चाले चुनाव चिह्न मुठ्ठी पाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भएको छ । नेकपाले संसदीय व्यवस्थाको विरोध गर्दै स्थानीय तह निर्वाचन पनि बहिस्कार गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्