दुर्घटना नगराउने चालकलाई ट्राफिकको सम्मान



काठमाडौं । अहिलेसम्म दुर्घटना नगराएको सवारीसाधन चालकलाई सम्मान गरिने भएको छ ।

महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले दुर्घटना नगराएका चालकलाई सम्मान गर्ने भएको हो ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ट्राफिकले थालेको दुर्घटना अभियानअन्तर्गत सवारी चालकलाई सम्मान गर्न लागिएको महाशाखाले जनाएको छ ।

आज एक कार्यक्रमका बीच ७ जना चालक सम्मानित हुँदै छन् ।

सम्मान पाउनेमा विशेषतः लामो दूरीका सवारी चालक छन् । बसपार्कमा आयोजना हुने कार्यक्रममा चाकललाई उत्प्रेरणाका लागि भनेर फूल, माला लगाइदिएर बिदाई समेत गरिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्