अन्तर्राष्ट्रिय

आँधीका कारण ज्यान गुमाउनेको संख्या २२ पुग्यो

By थाहा अनलाइन

October 06, 2017

सैघाली खबर, असोज २०। – ल्याटिन अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । २० जना भन्दा धेरै हराइरहेका छन् । आँधीले कोस्टारिका, निकारागुवा र होन्डुरसमा असर गरेको बिबिसीले जनाएको छ । आँधीसँगैको भीषण वर्षाका कारण बाढी पहिरो आउनुका साथै सडक तथा पुल भत्किको छ । कोस्टारिकाको राष्ट्रिय आपतकालिन आयोगका अनुसार त्यहाँका झण्डै ४ लाख मानिस खानेपानीबाट बञ्चित भएका छन् भने हजारौँ मानिस पालमुनि बसेका छन् । यस्तै त्यहाँको हवाई उडानसमेत रद्द गरिएको छ ।