भूमी व्यवस्था मन्त्री अर्याल भन्छिन् दशैँ तिहारले सद्भाव बाँड्न सक्‍नुपर्छ



ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालीहरुको मुख्य पर्व दशैं तथा तिहार पर्वले सबै नेपालीहरु खुसी भएर एकअर्काबीच सद्भाव बाँड्न सक्‍नुपर्ने बताएकी छन् ।

मन्त्री पौडेलले शनिबार ललितपुरस्थित राष्ट्रिय सहकारी विकास वोर्डको प्राङ्गनमा आयोजित शुभकामना कार्यक्रममा उक्त कुरा बताएकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले दशै भनेको हिन्दुहरुको मात्र नभएर नेपालमा बसोबास गर्ने सबै जातजातिको पर्व भएको राज्यले महसुस गराएको भन्दै उनले दशैं खुसीयालीका साथ मनाउन शुभकामना व्यक्त गरिन ।

स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् समेत रहेकी मन्त्री अर्यालले स्याङ्जाको विकासका निम्ती आफू सदैव लागिरहेको बताइन् । साथै आफू स्याङ्जासँगै सिंगो मुलुकको मन्त्री भएकोले आफ्नो जिम्मेवारीअनुसार विकासका निम्ती लागेको उनले बताइन् ।

कार्यक्रममा बोल्दै नेकपाका महासचिव विष्णु पौडेलले नेपाली जनताको लामो संघर्षपछि प्राप्त गणतान्त्रिक प्रणालीकै कारण आज हामी यहाँ आएको बताए । प्रणाली भनेको ठूलो कुरा भएको भन्दै उनले यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।

स्याङ्जाको विकासका निम्ती निकै आशा गरिएको परियोजना आँधीखोला हाइड्रोपावर बन्नुपर्छ भन्ने आफ्नो धारणा सधैं रहेको समेत पौडेलले बताए । यसको फाइनल डिपिआर बनिनसकेको भन्दै उनले अहिलेसम्मको अध्ययनले तुलनात्मक रुपले यो महंगो योजना रहेको समेत उल्लेख गरे ।

नीजी क्षेत्र आकर्षित नहुनुको कारण महङ्गो परियोजना भएको हुनसक्ने भन्दै उनले सरकारी क्षेत्रबाट भएपनि यसलाई अगाडि बढाउनुपर्ने बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा विशेषगरी स्याङ्जाका राजनीतिज्ञ, पेशाकर्मी, विद्यार्थी, नेताकार्यकर्ता तथा पत्रकारहरुको सहभागीता थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्