ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ लायन्स क्लब अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो ।
मुटु दिवसका अवसरमा अल्का अस्पतालले विरामीहरुका लागि विभिन्न ल्याव परीक्षणमा छुट दिएको छ। इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क गरिएको अल्का अस्पतालले जनाएको छ।
मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु निःशुल्क गरिएको अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत सिइओ दिलिप थापाले बताए । उनका अनुसार निःशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिएको छ ।
शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ। विश्वमा हरेक वर्ष मुटुसम्बन्धी १७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटुसम्बन्धी रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमा उल्लेख रहेको छ। धुमपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।