ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको जनचेतना अभियान चल्दै




जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना कमी गर्न जनचेतना अभियानलाई तीव्र बनाएको जानकारी प्राप्त भएको छ ।

कार्यालयले हाते पुस्तिका नै बनाएर चालक र यात्रुहरुले ध्यानदिनु पर्ने विषयहरूको उठान गरेको त्यहाँबाट अजय मिश्रले जनाएका छन् ।

यात्राका क्रममा मूल्यवान गहना नलगाउने, लमोदुरीको यात्रामा दुई यात्री भए नभएको जांच गर्ने, प्रहरी कन्ट्रोल नम्बरमा सहयोग माग्ने, छतमा बसेर यात्रा नगर्ने, अपरिचित व्यक्तिले दिएको खाना नखाने जस्ता सूचना उल्लेख गरिएको छ ।
त्यसैगरी उक्त पुस्तिकामा सवारी चालकहरुले यात्रुहरुको सामानको सुरक्षाको व्यवस्था गर्नुपर्ने, यात्रुहरुको अभिलेख राख्नुपर्ने, ट्राफिक नियमको पालना गर्नुपर्ने र गति सीमित गर्ने जस्ता विषयहरू समावेस गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्