हेल्प फर ह्याप्पीनेस खुसीका लागि सहयोगको सुदूरपश्चिम प्रदेश स्तरीय कमिट गठन गरिएको छ ।
सामाजिक कार्यका लागि गठन गरिएको हेल्प फर ह्याप्पीनेसको आज धनगढीमा बसेको बैठकले घनश्याम भण्डारीको अध्यक्षतामा नौ सदस्यीय प्रदेश कमिटि चयन गरेको हो । समतिको उप–संयोजकमा पुजा लामा सर्वसम्मत चयन भएकी छन् । यस्तै सदस्यहरुमा सुनिल सापकोटा, हेमन्त जोशी, भरत विष्ट, अविसेक श्रेष्ठ, सुप्रिया गुरुङ, सिर्जना जोशी र लक्ष्मी भण्डारी चयन भएका छन् ।
तत्काल नौं सदस्यीय कमिटि गठन गरिए पनि सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी सदस्य थप गरिने संयोजक भण्डारीले बताए । यस्तै हेल्प फर ह्याप्पीनेसले यसअघि गठन गरेको आपतकालीन असहाय सहयोग कोष सञ्चालन गर्दै आएको आर्थिक समितिलाई पनि पूर्णता दिएको छ । आर्थिक समितिको संयोजकमा केशव पौडेल र उप–संयोजकमा चम्फा भट्ट चयन भएकी छन् भने सदस्यहरुमा केशव विष्ट, घनश्याम भण्डारी, संगिता कुँवर, गौरव पाठक, अनुज ठगुन्ना, दिपक धामी, जनक विष्ट, मनु जोशी र पूजा लामा रहेका छन् ।
यसैगरी घनश्याम भण्डारीको संयोकत्वमा आर्थिक उप–समिति पनि चयन गरिएको छ । उप–समितिको सदस्यमा अविलाशा भण्डारी र प्रियंका अग्रवाल चयन भएका छन् । हेल्प फर ह्याप्पीनेसले प्रत्येक सदस्यबाट मासिक एक सयका दरले आपतकालीन सहयोग कोषमा रकम जम्मा गर्ने गरेको छ । सुरुवाती अवस्थामा ५१ सदस्य रहने गरी उनीहरुबाट मासिक एक सयका दरले रकम जम्मा गर्दै आएको छ ।
उक्त रकमबाट विभिन्न सामाजिक कार्य सञ्चालन गर्दा खर्च व्यवस्थापन गर्ने योजना रहेको संयोजक भण्डारीले बताए ।
उनले कोषमा जम्मा हुने रकमबाट रक्तदान, राहत सहयोग संकलन, वेवारिसे अवस्थामा भेटिने व्यक्तिलाई उद्दार गरी सम्बन्धीत निकाय सम्म पु¥याउदा लाग्ने खर्च, आकस्मीक दुर्घटनामा सहयोग गर्ने, वेवारिसे अवस्थामा अस्वस्थ भेटिने छाडा पशु चौपायाको औषधी उपचार लगायतका सामाजिक कार्य सञ्चालन गर्दा आपतकालीन सहयोग कोषबाट रकम व्यवस्थापन गरिने उल्लेख गरे ।
यस्तै हेल्प फर ह्याप्पीनेसमा आवद्ध सदस्यहरुलाई आकस्मीक विरामी, मर्दापर्दा, दुर्घटना हुँदा, प्राकृतिक प्रकोप लगायत विभिन्न आपत्कालीन अवस्था हेरेर कोषबाट सहयोग प्रदान गरिनेछ । खुशीका लागि सहयोग भन्ने मर्मका साथ २०७२ साल असोजमा पोखराका युवा नविन तिवारीको अगुवाईमा स्थापना गरिएको हेल्प फर ह्याप्पीनेसमा विभिन्न क्षेत्रमा क्रियाशील युवा आवद्ध छन् ।
अहिले कैलाली, पोखरा, चितवन, नवलपरासी, काठमाडौँ, रुपन्देही लगायतका जिल्लामा हेल्प फर ह्याप्पीनेस क्रियाशील छ । यसैबिच हेल्प फर ह्याप्पीनेस र टिम धनगढी ग्यालरीले संयुक्त रुपमा आउँदै गरेको विजया दशमी, शुभ दिपावली र छठ पर्व पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ । धनगढीको दशरथ भीम उद्यान पार्कमा कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गरेको हो । संस्थाले नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस भन्ने उद्देश्यले स्थानीय पार्क भित्र कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।