चलचित्र पंचायतको पहिलो गीत सार्वजनिक



सैघाली खबर,
काठमाणडौ २० असोज।
चलचित्र पंचायतु का निर्माता तथा संचारकर्मी रबि अधिकारीको जन्म दिनको अवसर पारेर चलचित्र पंचायतको पहिलो गीत सार्वजनिक गरिएको छ ।अधिकारीको जन्म दिन पारेर बिहिबार चलचित्रको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।निकै मार्मिक र मर्मस्पर्शी यस गीतमा एउटी नारीको बेदना समेटिएकोन छ भने जसमा निता ढुङगानाको निकै ससक्त अभिनय देख्न सकिन्छ ।

पचास वर्ष पुरानो कथामा आधारित ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्रको पंचायतको ूछोरीको कर्माूबोलको गीतमा सरु गौतमको आवाज रहेको छ । शिवम अधिकारीको शब्द रहेको यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ ।

 

चलचित्र फागुन १७ गते बाट प्रदर्शनमा आउदै छ । यस फिल्ममा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

ग्रामिण कथा र पुरानो संस्कृति झल्काउनेत फिल्म पञ्चायको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन्। गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्।चलचित्र पंचायत अहिले बिदेशमा हुने विभिन्न फिल्म फेस्टिभल प्रदर्शनको तयारीमा रहेको छ भने देश भित्र पनि बिभिन्न संस्थाहरुले च्यारिटि गरिसकेका छन् जहाँ चलचित्रले राम्रो प्रतिकृया पाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्