काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले १५ गतेसम्मको मौसमको विश्लेषण गरेको छ । जसअनुसार असोज १५ गते बुधबारसम्म देशका केही भागमा पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापीय प्रणाली अवदाबमा परिवर्तित भएको छ ।
भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भू-भागमा रहेको छ। यी दुई प्रणालीका कारण नेपालमा बंगालको खाडी र अरब सागर बाट जलवाष्पयुक्त हावा आइरहेको छ।
आगामी ३ दिनको मौसम
१३ गते सोमबार
दिउँसो : देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्गको सम्भावना छ।
राति : देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।
असोज १४ गते मंगलबार
दिउँसो : देशभर आंशिक बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
राति : देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।
असोज १५ गते बुधबार
दिउँसो : देशभर आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।
२४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।