कांग्रेस बैठकमा चर्काचर्की ४ फेरि बस्ने



सैघाली खबर,
काठमाणडौ २० असोज।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । शुक्रबार विहान बसेको बैठक फेरि दिउसो ४ बजे बस्ने गरी स्थगित भएको बताइएको छ । नेताहरुबीच बैठकमा उम्मेदवार छनौटका विषयमा विवाद भएको बताक्इएको ५ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको को सरकारी निवास बालुवाटारमा बसेको बैठकमा वाम गठबन्धनबाट पर्ने प्रभाव तथा लोकतान्त्रिक गठबन्धन निर्माणमा रहेका चुनौतीबारे केन्दित रहेर छलफल भएको एक नेताले बताए ।

यसैगरी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौटका मापदण्ड र विधिबारे समेत छलफल भएको बताइएको छ । स्थानीय तहमा उम्मेदवार भएकालाई प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।
बैठकले बामपन्थी ध्रुवीकरणका विरुद्दको रणनीति तय गर्ने नेताहरुले बताएका छन् । यसअघि हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्ने लोकप्रियलाई उम्मेदवार बनाउनुपर्नेमा विषेश जोड दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्