माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु



दिपक बोहरा, तुलसीपुर २० असोज ।
खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तुलसीपुरका एक ब्यक्तिको मृत्यु भएको छ । ग्वारखोलामा माछा मार्ने क्रममा तुलसीपुर १८ का ५३ बर्षीय चित्र बहादुर पहाडी ९ सार्की० को मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकरी दिएको छ ।

रातको समयमा विद्युत हुकिङ गरि ग्वारखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी राजेन्द्र प्रशाद अर्यालले जानकारी दिए । पहाडीसँगै माछा मार्न गएका अन्य ४ जना भने पानी बाहिरै रहेकाले बच्न सफल भएको प्रमुख अर्यालले बताए । दशैंको अवधिमा ग्वारखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अर्का एकजनाको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्